(Sunday , 12 May,2024)

नेप्सेमा तेस्रो सर्किट, आजलाई कारोबार बन्द

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।

नेप्सेमा ४ प्रतिशत वृद्धिसँगै २० मिनेटका लागि कारोबार बन्द भएको थियो । कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार खुलेको नेप्से त्यसको केही समयमा ६ प्रतिशत बढ्यो ।

यससँगै, आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बढेर बन्द भएको हो ।

यस क्रममा आज ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ । ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस्तै, आज २२७ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको भने घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal