(Monday , 13 May,2024)

 ईजरायल हमलामा १० बढी नेपालीको मृत्यु, सरकार गैरजिम्मेबार 

NepalNewsLine

NepalNewsLine

Image 1

२१ असोज, काठमाडौँ - ईजरायल हमलामा १० बढी नेपालीको मृत्यु भएको खबरले आज देश रोईरहेको छ । विदेशिनु पर्ने नेपालीको बाध्यताका कारण आज रोजगारीकै लागी गएका नेपालीहरुले मृत्यु रोज्न परेको छ, तर नेताहरु सुध्रिने छाँटकाँट छैन । किन जुन सरकार आएपनि नागरिक प्रति यति गैर जिम्मेवार बन्छ ? यो दुखद विषय हो ।

प्यालेस्टाईनको हमास समूहले ईजराईलमा हमला गरेको छ, आक्रमणकारीहरुले रकेट बम, लन्चर हान्दै शहरभित्र छिरेका छन् । ईजराईल बस्ने नेपालीहरु विशेषगरि नयाँ नेपालीहरु बढी चिन्तीत भएको खबर आएको छ । 

ईजरायलमा रहेका नेपालीहरुको अबस्था बारे हामीले फेसबुक मार्फत बुझिरहेका छौं, र अपडेट गरिरहेका छौं । सरकार र परराष्ट्र मन्त्रालयले यसमा तुरुन्तै पहल लिनुपर्छ । आफना जनताको अबस्था के कस्तो छ, बुझेर अपडेट लिने र सरकार छ भनने अनुभुति दिलाउन पर्दछ ।

 यो पटक भने, आक्रमणकारी सुमुन्द्र, स्थलमार्ग दुबैतिरबाट ईजराईल प्रबेश गरेका छन् । त्यसकारण अब के हुन्छ, स्थीति भन्न गाह्रो छ ।
यद्यपी हामी सँग संवादमा रहेका नेपालीहरु सिमा श्रेष्ठ र सुनिता गुरुङ्गले अहिलेसम्म नेपालीहरु बसेका ठाउँमा त्यस्तो कुनै अप्रिय क्षति नभईसकेको कुरा बताईरहनुभएको छ । 

जेरुसेलम र तेलअभी क्षेत्रलाई लक्षित गरेर पसेका आतंकवादीहरुले अन्धाधुन्ध गोली चलाईरहेका छन् । जब १० सेकेण्डको साईरन बज्छ, त्यसपछि तुरुन्तै बंकर र सुरक्षित ठाउँमा पस्नपर्ने हुन्छ भन्दै हामी सँग एकजना नेपालीले बताउनु भएको छ । 

तेलबीमा खसेको रकेट घरभित्र छिरेपछि त्यहाँको क्षेत्र अहिले बढी आतंकित भएको छ । सबै नेपालीहरु सुरक्षित रहनुस पशुपतिनाथ सँग हाम्रो प्रथना छ, र यहि कामना छ, रोजगारीका लागी जिबन चलाउनका लागी बिदेशिनु परेको समस्या त छदैछ, तर आफुलाई हरेक प्रहरमा सुरक्षित पूर्वक चलाउन हामी अनुरोध गर्दछौं ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal