(Monday , 13 May,2024)

भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

नयाँदिल्ली - भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ ।

भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद् व्यवस्थापन अधिकारीले बताए ।

भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ ।(रासस/सिन्ह्वा)

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal