(Tuesday , 14 May,2024)

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्कासित

NepalNewsLine

NepalNewsLine

Image 1

२९ भाद्र, काठमाडौँ - रुसी सरकारले दुई  जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ।  मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो।

अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ।

संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन्।

वासिङ्टनमा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता मिलरले अमेरिकी कूटनीतिक कर्मचारीलाई अकारण निष्कासनको आदेश दिइएको तथा दूतावासका कर्मचारीहरूलाई मात्र नभइ आफ्नै नागरिकहरूलाई पनि मस्कोले धम्क्याइरहेको बताएका छन्।

रुसी सञ्चारमाध्यममा सार्वजनिक  भएका समाचार सामग्रीको ‘मिडिया क्लिप’ उपलब्ध गराउने रोबर्ट शोनोभलाई पक्राउ गरिएको जानकारी उनले दिएका छन्। रुसले देश छाडेर जान आदेश दिएका अमेरिकी कूटनीतिज्ञले रुस नछाडेको पनि उनले बताए।

वासिङ्टन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला रुसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो। निष्कासन गरिएका कूटनीतिज्ञहरूले रुसको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी गैरकानुनी एवं गैरकूटनीतिक गतिविधि सञ्चालन गरेका रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ।

रुसको राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा जेफ्री सिलिन र डेभिड बर्नस्टेन लागेका तथा उनीहरूले रोबर्टसँग ‘गोप्य सहयोग’ मागेर त्यसको बदलामा निजलाई आर्थिक सहयोगको प्रस्ताव गरेका जनाएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal