(Monday , 13 May,2024)

कामदारले ‘सर्टकट’ लिन खोज्दा ग्रेटवालमा क्षति

NepalNewsLine

NepalNewsLine

Image 1

बेइजिङ - सान्सी प्रान्तमा निर्माण कामदारहरूले ग्रेटवालमा एस्काभेटर चलाउँदा गम्भीर क्षति पुगेको छ ।

प्रहरीका अनुसार दुईजनाले आफ्नो निर्माणको कामका लागि ‘सर्टकट’ बनाउन खोज्दा यो घटना भएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् ।

उनीहरू ३२ औँ ग्रेटवाल क्षेत्रमा काम गरिरहेका थिए । एस्काभेटर छिराउनका लागि ग्रेटवालमा उनीहरूले ठुलो भाग भत्काएका छन् ।

प्रहरीका अनुसार उनीहरूले यात्रा गर्नुपर्ने दुरी घटाउनका लागि यसो गरेका थिए ।

योयू काउन्टीमा रहेको ३२ औँ ग्रेटवाल मिङ ग्रेट वालको एक भाग हो । यसलाई ऐतिहासिक र सांस्कृतिक क्षेत्रमा सूचीकृत गर्दै प्रान्तीय स्तरमा संरक्षण गरिएको छ ।

गत २४ अगस्तमा प्रहरीलाई ग्रेटवालमा ठुलो भ्वाङ फेला परेको खबर गरिएको थियो । ग्रेटवाल सन् १९८७ देखि यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ ।

यसलाई २२० ईशापूर्वदेखि मिङ राज्यमा सन् १६०० ताकासम्म निर्माण र पुनर्निर्माण गरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal