(Monday , 13 May,2024)

उत्तर प्रदेशमा सडक दुर्घटना, ६ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

पिलिभित - उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, महाराष्ट्रको थानेमा भएको अर्को सडक दुर्घटनामा दुईजनाले ज्यान गुमाएका तथा अन्य दुईजना घाइते भएका थानेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal