(Monday , 13 May,2024)

चीनमा शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावित

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - दक्षिणी चीनका विभिन्न प्रान्तमा शक्तिशाली आँधी सावलाका कारण लाखौँ मानिस प्रभावित भएका छन्।

आँधीका कारण विभिन्न ठाउँमा बाढी र पहिरोका घटना निम्तिएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

आँधीबाट चीनको गुआङदोङ प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यस्तै सेन्झेन प्रान्तसहित हङकङ र मकाउसमेत शक्तिशाली आँधीको चपेटमा परेका छन्।

चीन र हङकङका सीमावर्ती सहरका सयौँ उडान तथा रेल सेवा रद्द गरिएको छ।

आँधीको असर पर्ने देखिएपछि शुक्रबारदेखि नै विद्यालय तथा अन्य कार्यालयहरुमा बिदा दिइएको छ। आँधीका कारण २ सय किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको छ।

गुआङदोङ र फुजियान प्रान्तका ९ लाख मानिस विस्थापित भएका छन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal