(Tuesday , 14 May,2024)

 लुना–२५ दुर्घटनाग्रस्त हुनुको, रुसी अन्तरिक्ष वैज्ञानिकले बताए कारण 

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - रुसी अन्तरिक्ष वैज्ञानिकले लुना–२५ दुर्घटनाग्रस्त हुनुको कारण खुलाएका छन् । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुखले लुना–२५ दुर्घटना भएको एक दिनपछि अर्थात् सोमबार यसबारे प्रतिक्रिया दिएका छन् ।

रुसले चन्द्रमामा पुग्ने दौड जारी राख्नुपर्ने उनले बताएका छन् । 

युरी बोरिसोभले एक टिभी अन्तर्वार्तामा भने, ‘कुनै पनि हालतमा हाम्रो चन्द्रमा मिसनमा अवरोध हुनु हुँदैन, त्यसो गर्नु सबैभन्दा खराब निर्णय हुनेछ ।’

लुना–२५ मिसनमार्फत रुसले पश्चिमी मुलुकसँगको बढ्दो दूरीका बीच चन्द्रमामा आफ्नो फिर्ती दर्ता गराउन चाहेको थियो तर चन्द्रमाको दक्षिणी ध्रुवमा लुना–२५ को क्र्यास ल्यान्डिङसँगै रुसको प्रयास असफल भएको छ ।

बोरिसोफले भने, ‘लगभग ५० वर्षसम्म चन्द्रमाको मिसन रोक्नु नै मिसन असफल हुनुको मुख्य कारण हो ।’

‘हाम्रा पुर्खाहरूले सन् १९६० र १९७० को दशकमा हासिल गरेको व्यावहारिक अनुभव हामीले गुमायौँ ।’

बोरिसोफले अन्तरिक्षयानको इन्जिनमा समस्याका कारण दुर्घटना भएको बताए ।

‘प्रि–ल्यान्डिङ अर्बिट इन्जिन ८४ सेकेन्डको सट्टा १२७ सेकेन्डसम्म चलेको थियो । दुर्घटनाको मुख्य कारण यही हो भन्ने कुरा अनुसन्धानमा हामीले थाहा पायौँ,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal