(Monday , 13 May,2024)

जापानको तलबमा २८ वर्ष यताकै उच्च वृद्धि, अर्थतन्त्रमा भारी सुधार

NepalNewsLine

NepalNewsLine

Image 1

३० साउन, काठमाडौं - पछिल्लो ३ महिनामा जापानको अर्थतन्त्रमा अपेक्षा भन्दा राम्रो सुधार देखिएको छ । यस अवधिमा जापानको मुद्रा पनि बलियो बनेको छ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ६ प्रतिशतको दरको वृद्धि देखिएको छ । जापानको अर्थतन्त्रमा हाल देखिएको वृद्धि अर्थविद्हरुको प्रक्षेपणभन्दा दोब्बर हो ।

जापानी मुद्रा यान कमजोर हुँदा जापानी सामानको निर्यात पनि ह्वात्तै बढेको थियो । विश्वभरका उपभोक्ताले कम मूल्यमा सामान पाउँदा जापानी सामानको निर्यात बढेको थियो । जापानी मुद्रामा १० प्रतिशतले गिरावट आएको थियो । ‘जापानको कुल ग्राहस्थ उत्पादन सुधारिनुको कारक तत्व कमजोर यान हो’, अर्थविद् मार्टिक स्कल्जले भने ।

अर्थतन्त्र सुधारको प्रमुख मापन कुल ग्राहस्थ उत्पादनबाट हुने गर्छ । यसले व्यापारको बढोत्तरी र जनशक्ति थपमा सघाउ पुर्‍याउँछ भने सरकारलाई पनि कर र खर्च निर्क्यौलमा सहयोग पुर्‍याउँछ ।

जापानका कार निर्माता कम्पनी टोयोटा, होण्डा, निशानको नाफा पनि ह्वात्तै बढेको छ भने निर्यातका लागि पनि धेरै नै माग बढेको छ । जापानको अर्थतन्त्रलाइ पर्यटनले पनि साथ दिएको  छ ।

सरकारले सीमामा लगाएको प्रतिबन्ध अप्रिलको अन्त्यबाट खुकुलो बनाएसँगै पर्यटकको आवागमनमा पनि वृद्धि भएको छ । कोरोना महामारीपछि खस्किएको पर्यटनमा जुनको अन्त्यसम्म ७० प्रतिशत सुधार भएको तथ्यांक छ ।

चीनले समूहगत भ्रमण खुला गरेपछि र पर्यटककले गर्ने खर्चका कारणले पनि जापानको पर्यटन सुधारिएको हो । कोराना कालअघिको तथ्यांक अनुसार जापानको पर्यटन क्षेत्रमा हुने आर्जनमध्ये एक तिहाई चिनियाँले खर्चन्थे ।

चिनियाँ पर्यटकले गर्ने खर्चले पनि जापानको अर्थतन्त्रलाई लयमा फर्काउन सघाउ  पुर्‍याएको छ । ‘पहलो चरणमा सुधार देखिएपनि अब दोस्रो चरणमा यही गति कायम हुन्छ वा हुदैन हेर्नुपर्नेछ । घरेलु अर्थतन्त्र अहिले चिसिएको देखिन्छ’, अर्थविद् स्कल्जले भने ।

तर अर्थविद् मार्सल थिलिएन्टले भने सार्वजनिक तथ्यांकझैँ निकै उत्साही हुने अवस्था नरहेको बताए । जापानको अर्थतन्त्रमा टेवा पुर्‍याउने निजी उपभोगमा कमी आएको कारण निकैनै उत्साही हुने बेला नआएको बताए ।

कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखिएसँगै कामदारको तलव वृद्धिमा पनि २८ वर्ष यताकै तीव्र वृद्धि देखिएको छ । तर मुद्रास्फीति चार  दशक यताकै उच्च रहँदा जापानमा मजदुरीमा भने गिरावट छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal