(Monday , 13 May,2024)

दक्षिण अफ्रिकामा सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ ।

सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा थु्रप्रै घाइते भएका छन् । सवारी चालकहरूलाई स–साना गल्तीमा पनि कडा सजायँ र जरिवाना तोक्ने गरी कानून संशोधन गरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सय भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई दंगा, लुटपाट र आगजनीको मुद्दा चलाउने तयारी गरेपछी आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal