(Monday , 13 May,2024)

पाकिस्तानमा बम विष्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

author

Anonymous

Image 1

५ साउन, काठमाडौं । पाकिस्तानमा भएको बम विष्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विष्फोट भएको थियो । विष्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले जानकारी दिएका छन् ।

आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् ।

आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal