(Monday , 13 May,2024)

एनआरएन अस्ट्रेलियाको निर्वाचन अनलाइनमार्फत् शनिबार हुदै

NepalNewsLine

NepalNewsLine

Image 1

११ साउन, सिड्नी - गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको निर्वाचन यही शनिबार जुलाई २९ तारिख अनलाइनमार्फत् हुन गइरहेको छ।

यस पटक एनआरएन अस्ट्रेलियाको अध्यक्षका लागि तीन जनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। जसमा दुई पटक कोषाध्यक्षको जिम्मेवारी निभाइसकेका चार्टर एकाउन्टेन्ट अनिल पोखरेल, लेखा व्यवसायी डिला खरेल र देव गुरूङबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

यस पटक कांग्रेसीहरूको किचलोका कारण डेमोक्रयाटिक समूहबाट अनिल पोखरेल र डिला खरेल तथा प्रगतिशील अर्थात् टिम परिवर्तन समूहबाट देव गुरूङ मैदानमा भिड्दैछन्। 

तीनै जना उम्मेदवार यसअघि एनआरएन अभियानमा सरिक भैसकेका व्यक्ति हुन्। डिला केही पहिले एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष रहिसकेका हुन् भने देव गुरूङ वर्तमान एनएसडब्लु संयोजक समेत हुन्। 

तीनै जना उम्मेदवारबाट यस पटक पनि भिन्नभिन्नै समूहसहित प्रायस् सबै पदमा उम्मेदवारी दिएका छन्। जसमा युवा अभियन्ता अनिल पोखरेलको समूहमा महासचिवमा ब्रिसबेनका सन्तोष कुँवर छन् जो यसअघि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष तथा विभिन्न माथिल्लो पदमा रहेर काम गरिसकेका छन्।

सचिवमा भने डेमोक्रयाटहरूको एउटै उम्मेदवार थिरबहादुर गुरूङ बनेका छन्। उनी अनिल र डिला टिमका संयुक्त उम्मेदवार बनेका हुन्।  यस्तै, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त र युवा संयोजकमा सुमन बोहरा छन्।

पोखरेल समूहको एनएसडब्लु राज्य संयोजकमा युवा व्यवसायी विनोद कुँवर, उपसंयोजकमा अमर रसाइली र सचिवमा कल्याण खड्का र कोषाध्यक्षमा राज पाख्रिन मैदानमा उत्रिएका छन्।

पोखरेल समूहबाट राज्य संयोजकहरूमा तास्मानियाबाट फुटबल प्रशिक्षक जगदिश खड्का, भिक्टोरियामा मणिरत्न सापकोटा मैदानमा उत्रिएका छन्।

पोखरेल समूहको आइसिसी सदस्यहरूमा व्यवसायी डिल्ली ढकाल, रमेश अधिकारी, मदनराज पौडेल, दिनेश अधिकारी, नारायण कटुवाल,सुजन अधिकारी र टिका भुर्तेल छन्।

यसैगरी डिला समूहबाट महासचिवमा रोशन घले, कोषाध्यक्षमा इर्शाद अहमद र सहकोषाध्यक्षमा अर्जुन केसी मैदानमा देखिएका छन्।

खरेलको समूहबाट भने एनएसडब्लुमा सन्ध्या शाह प्रतिस्पर्धामा उत्रिएकी छन्।

खरेल समूहको आइसिसीमा भने पर्थका प्रमेश केसी, मेलवर्नका युवा व्यवसायी गोपाल काफ्ले , कलेज सञ्चालक सुवांश शाह, रमेश छत्कुली, हरि लामिछाने, भरत पौडेललगायत छन्। 

यस्तै, टिम परिवर्तन नाम दिइएको प्रगतिशील समूहमा देव गुरूङको अध्यक्ष रहेका समूहको महासचिवमा उषा किरण बारिया, सचिवमा बाबुराम पोखरेल र युवा संयोजकमा अरूण गौतम प्रतिस्पर्धामा उत्रिएका छन्।

निकै रोमान्चक बनेको एनआरएन अस्ट्रेलियाको निर्वाचनमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ।

तर अहिलेसम्मको परिस्थिति हेर्दा भिक्टोरिया, क्विन्सल्यान्ड, तास्मानिया र नर्दन टेरेटोरीमा अनिलका टिमले अग्रता लिने देखिन्छ भने साउथ अस्ट्रेलिया र क्यापिटल टेरोटरीमा खरेल समूह केही अगाडि रहेको अनुमान लगाइएको छ।

वेस्टर्न अस्ट्रेलियामा र एनएसडब्लु अर्थात् सिड्नीमा भने देव गुरूङले केही मतान्तर कायम गर्ने विश्लेषण गरिएको छ। 

यस्तै, डेमोक्रयाटहरूको बाहुल्य रहेको अस्ट्रेलियाको नेपाली समाजमा आपसी मतभेद र विभाजनले केही पदमा टिम परिवर्तनले फाइदा लिने पक्का देखिन्छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal