(Monday , 13 May,2024)

पाकिस्तानी युनिभर्सिटीमा सेक्स पार्टी,  ५ हजार बढी नग्न भिडियो बरामद

NepalNewsLine

NepalNewsLine

Image 1

 १२ साउन, इस्लामवाद - पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिक विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ ।

मिडिया रिपोर्टमा यी भिडियोको सङ्ख्या करिब ५ हजार ५०० रहेको बताइएको छ । आरोपीले राम्रो अङ्क ल्याउने प्रलोभनमा छात्राको नग्न भिडियो बनाइदिन्थे । यस विश्वविद्यालयका ११३ विद्यार्थी पनि लागु औषध दुर्व्यसनीमा परेका छन् ।

विश्वविद्यालयका एक प्राध्यापकले उनीहरूलाई लागु औषध बेच्ने गरेको प्रहरीले थाहा पाएको छ ।

प्रहरीले विश्वविद्यालयका निर्देशक डा अबुजार, सुरक्षा अधिकृत सैयद एजाज शाह र अल्ताफ नामका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले एजाजका २ वटा फोनबाट यी पोर्न क्लिपहरू फेला पारेको हो ।

प्रहरीले साउन २२ गते विश्वविद्यालयमा छापा मारेको थियो तर विश्वविद्यालय प्रशासनले यो संस्था र विद्यार्थीविरुद्धको षड्यन्त्र भएको बताएको छ । 

नग्न भिडियो प्रकरणमा सुरक्षा अधिकारीसँगै विश्वविद्यालयका अन्य प्राध्यापक र कर्मचारी पनि संलग्न छन्, जसले विद्यार्थीलाई ब्ल्याक मेल गरी उक्त भिडियो एजाजलाई पठाउन भनेका थिए ।

युनिभर्सिटीमा विद्यार्थी र महिला कर्मचारीलाई पनि डान्स र सेक्स पार्टीका लागि जबरजस्ती गरिएको प्रहरीले जनाएको छ । दक्षिण पञ्जाबको शिक्षा विभागले पनि यस विषयमा छानबिन गर्नेछ। यसको अनुसन्धान प्रतिवेदन तीन दिनभित्र बुझाइने छ ।

अभियुक्त एजाज सेवानिवृत्त सैनिक अधिकृत रहेको प्रहरीले जनाएको छ । यो विश्वविद्यालयका पूर्व कुलपतिद्वारा नियुक्त गरिएको थियो।

अनुसन्धान चलिरहेको बेला प्रहरीले थप एक महिलासहित २ जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । अभियुक्तहरूको साथबाट डेढ किलो चरेस, २० ग्राम क्रिस्टल र ३ सय ग्राम चरेस बरामद भएको छ । यी अभियुक्तहरूले शैक्षिक संस्थामा लागु औषध आपूर्ति गर्ने गरेका थिए ।

पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाएपछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई गत २८ जुनमा पक्राउ गरिएको थियो ।

उनको साथबाट धेरै लागु औषध बरामद भएको छ । उनै वित्त अधिकारी एक भ्यानबाट समातिएका थिए । उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि उपस्थित थिए । नजिकै लागु औषध पनि फेला परेको छ ।

दुवैको फोन चेक गर्दा प्रहरी चकित भयो । जसमा युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याक मेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

एजेन्सी
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal