(Monday , 13 May,2024)

भारतमा जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ

author

Anonymous

Image 1

१२ साउन, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ ।

आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।

महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal