(Monday , 13 May,2024)

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्ड

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ ।

युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनासम्म ६३ जना र जुलाइसम्ममा ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।

ईएसओएचआरले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनमा साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै आलोचना गरेको छ । आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत आफ्नो छवि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन् ।

सन् २०२२ मा आतंकवादसँग सम्बन्धित अपराधका लागि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो । साउदी अरबले मृत्युदण्ड घटाउने राजा सलमानका छोरा तथा वास्तविक शासक राजकुमार मोहम्मद बिन सलमानले धेरै पटक प्रतिवद्धता जनाएपनि व्यवहारमा लागु हुन नसकेको अधिकारकर्मीको भनाई छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal