(Monday , 13 May,2024)

अटल मिथिला सम्मान पुरस्कारबाट नेपालका दुई वरिष्ठ व्यक्तित्व सम्मानित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमार्डौँ । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको नामबाट स्थापना भएको अटल मिथिला सम्मान पुरस्कारबाट नेपालका दुई वरिष्ठ व्यक्तित्व सम्मानित भएका छन् ।

सम्मानित हुनेमा आम नेपाली टेलिभिजनकि निर्देशक तथा मिथिला साहित्य व्यक्तित्व श्रीमती करुणा झा र नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि सम्मानित भएका हुन् । कार्यक्रमको प्रमुख आतिथ्यता भारतिय राज्य सभाका उपसभामुख श्री हरिवंश नारायण सिंहले गरेका थिए ।

अटल बिहारी वाजपेयी भारतीय जन सङ्घको स्थापना गर्नेमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी यसका अध्यक्ष पनि रहे । उनी जीवनभर भारतीय राजनीतिमा सक्रिय रहे । उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरे । यस अतिरिक्त उनी एक ओजस्वी एवं पटु वक्ता एवं प्रसिद्ध हिन्दी कवि थिए ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal