(Monday , 13 May,2024)

न्युयोर्कमा सडक दुर्घटना हुँदा १८ जना घाइते

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी । अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस सार्वजनिक यातायातको बससँग ठोकिएर भएको दुर्घटनामा १८ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युयोर्कको डाउनटाउन म्यानहट्टनमा भएको दुर्घटना घाइतेहरु मध्ये अधिकांशको हात खुट्टा भाँचिएको छ ।

दुर्घटना लगतै दुइतले सार्वजनिक बसमा सवार अन्य यात्रुहरु च्यापिएका कारण उद्धारमा कठिनाई भएको समाचारमा उल्लेख गरिएको छ ।

दुर्घटनापछि न्युयोर्कको यातायात सेवा केही बेरका लागि अवरुद्ध बनेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal