(Monday , 13 May,2024)

इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भुइँचालो

NepalNewsLine

NepalNewsLine

Image 1

इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भुइँचालो गएको छ । त्यहाँको जाभा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको भुइँचालोमा १० जना घाइते भएका छन् भने एक जनाको सम्भावित हृदयाघात भएर मृत्यु भएको छ ।

भुइँचालोमा परी केन्द्रीय जाभा क्षेत्र र योग्याकर्ता क्षेत्रमा सयौं घरमा सामान्य क्षति पुगेको जनाइएको छ । भुइँचालोको हाइपोसेन्टर जमिन देखि २५ किलोमिटर तल रहेको त्यहाँको जियोफिजिक्स एजेन्सीले जनाएको छ । भुईँचालो पछि कुनै सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

दक्षिणपूर्वी एसियाको प्यासिफिक रिङ्ग अफ फायर भनिने अत्यधिक भुकम्पीय जोखिम क्षेत्रमा इन्डोनेसिया अवस्थित रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal