(Monday , 13 May,2024)

युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

३ असार, काठमाडौं - युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ । स्लामिक स्टेट समूहसँग सम्बन्धित विद्रोही, एलाइड डेमोक्र्याटिक फोर्सेस (एडीएफ) ले पश्चिम युगाण्डानाको पोन्ड्वे शहरमा रहेको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको हो ।

आक्रमणबाट मारिएका ४० जनामध्ये धेरैजसो छात्रावासमा बसेका विद्यार्थीहरु छन् । आक्रमणमा परी आठ जनाको अवस्था गम्भीर छ ।

स्थानीय समय अनुसार शुक्रबार राति साढे ११ बजेतिर आक्रमण भएको युगाण्डाको सेनाका एक जना मेजर जेनेरलले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । उनका अनुसार केही विद्यार्थीहरुलाई बीभत्स तरिकाले हत्या गरिएको छ भने केहीलाई अपहरण गरिएको छ ।

एडीएफले सन् १९९० को दशकमा विद्रोह सुरु गरेको घोषणा गरेको थियो । एडीएफ डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको पूर्वी भागमा रहँदै आएको बताइन्छ ।

युगान्डा र कंगोले एडीएफविरुद्ध संयुक्त सैन्य कारबाही सन्चालन गर्दै आएका छन् । १८ महिना अघि गरिएको एक सैन्य कारबाहीलाई एडीएफले असफल बनाइदिएको थियो ।

शुक्रबार विद्यालयमा आक्रमण गरिएपछि सो समूहलाई सेनाले विमानसमेत परिचालन गरेर कंगोको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ केन्द्रित रहेर कारबाही अघि बढाएको बीबीसीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal