(Monday , 13 May,2024)

प्रवासीले भरिएको डुङ्गा पल्टिँदा ७९ को मृत्यु, कम्तीमा सय जना बेपत्ता

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।

तर यस दुर्घटनामा जोगिएकाहरूले डुङ्गामा भएका कम्तीमा सय जना अझै पनि बेपत्ता भएको बताएका छन् । यो ग्रिसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ । ग्रिसमा तीन दिने शोकको घोषणा गरिएको छ । कोस्टगार्डले युरोपेली सङ्घको सीमा एजेन्सी फ्रोन्टेक्सको एक विमानले मंगलबार अबेर राती अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुङ्गा देखेको जानकारी दिए ।

डुङ्गामा बसेका कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । ग्रिसको सार्वजनिक प्रसारक ईआरटीले अधिकारीले धेरै पटक स्याटलाइट फोनको माध्यमले डुङ्गासँग सम्पर्क गरेको र मद्दतको प्रस्ताव गरेको जानकारी दियो ।

तर पनि त्यहाँबाट बारम्बार भनियो, ‘हामी जसरी पनि इटाली जान चाहन्छौँ त्यो भन्दा बढी केही पनि चाहिँदैन ।’केहि घण्टा पछि, लगभग १ बजे (स्थानीय समय) मा, डुङ्गामा भएका कसैले कथित रूपमा ग्रिसको कोस्टगार्डलाई जहाजको इन्जिन फेल भएको जानकारी दिए ।

१० देखि १५ मिनेट पछि, डुङ्गा पूर्ण रूपमा डुब्यो । राहत तथा उद्धारको काम सुरु भए पनि हावाहुरीका कारण धेरै समस्या परेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal