(Monday , 13 May,2024)

युक्रेनको थप भूमि कब्जा गर्ने रुसी राष्ट्रपति पुटिनको घोषणा

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गर्नुभएको छ ।

लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताउनुभयो ।

पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा युद्ध सामग्रीसहितका साधन ध्वस्त भएको भन्दै पुटिनले युक्रेनी प्रत्याक्रमणबाट रुसका ५४ वटा साधन नष्ट भएको जिकीर गर्नुभयो ।

सिमावर्ती क्षेत्रमा युक्रेन समर्थित लडाकुहरुले गरेको आक्रमणप्रति संकेत गर्दै उहाँले जिस्क्याउन खोज्नेहरुलाई ठेगान लगाइने बताउनुभयो । युक्रेन विरुद्ध अहिलेको अवस्थामा सेना थप्नु पर्ने जरुरी नदेखिएको भन्दै पुटिनले थप उपब्धिका लागि अघि बढ्नु परे मात्रै सेना थपिने बताउनुभयो ।

पुटिनले युक्रेन विरुद्धको युद्धमा अहिलेसम्म रुसले आंशिक सेना परिचालन मात्रै गरेको जिकीरसमेत गर्नुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal