(Monday , 13 May,2024)

ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ

NepalNewsLine

NepalNewsLine

Image 1

ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।  दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लूका आठ वटा केस पुष्टि भएपछि ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरिएको हो । राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरूमा बर्ड फ्लु भाइरस पुष्टि भएको हो । ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्छ । भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको र बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न आपतकालीन सेन्टर पनि खडा गरेको त्यहाँको कृषि मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ । जनावर तथा पन्छीहरूमा सङ्क्रामक रोग तीव्र रूपमा फैलिए पशु स्वास्थ्य आपतकालको घोषणा गरिन्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal