(Monday , 13 May,2024)

इमरान खानले पाकिस्तान सरकारको तुलना गरे हिटलरसँग

NepalNewsLine

NepalNewsLine

Image 1

 ८ जेठ, काठमाडौ - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको वर्तमान सरकारको तुलना हिटलरसँग गरेका छन् ।

उनले हिटलरले आफ्नो विरोधी कम्युनिस्टलाई दमन गर्नका लागि आगजनीको घटनाको जसरी प्रयोग गरेका थिए पाकिस्तानमा पनि यस्तै भइरहेको बताएका छन् ।

उनले ट्विटरमा एउटा यस्तो तस्बिर सेयर गरेका छन् जसमा २७ फेब्रुअरी १९३३ मा जर्मन संसद्को भवनमा आगलागी भएको लेखिएको छ । 

उनले लेखे, ‘कम्युनिस्टले ठुलो हिंस्रक घटना गराउनका लागि तयारीमा छन् भन्दै नाजी नेतृत्व र यसका सहयोगीहरूले यस घटनालाई आफ्नो फाइदाको लागि प्रयोग गरे । र त्यसपछि उनीहरुले यो रोक्नका लागि आपत्कालीन कानुनको आवश्यकता भएको बताए । यो कानुनको प्रयोग मानिसको संवैधानिक सुरक्षालाई हटाउन गरियो जसका कारण नाजी ताना शाहीका लागि मार्ग प्रशस्त भयो ।’

इमरान खान गत मे ९ मा पाकिस्तानमा पक्राउ परेपछि उनका समर्थकहरूको आक्रोश बढेको थियो । उनका समर्थक धेरै सहरका सडकमा उत्रिएका छन् ।

यी समर्थक विशेष गरी पाकिस्तानी सेनासँग रिसाएका छन् । आक्रोशित भीडले लाहोरस्थित कोर्प्स कमान्डरको घरमा आक्रमण गरेको थियो ।

लाहोर बाहेक रावलपिंडीमा रहेको सेनाको मुख्यालयमा पनि समर्थकहरू प्रवेश गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतबार मे ९ देशको इतिहासमा कालो दिन भएको बताएका छन् ।

यस विषयमा इमरान खानका धेरै समर्थकलाई पक्राउ गरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal