(Monday , 13 May,2024)

राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज , राज्याभिषेक सम्पन्न,

NepalNewsLine

NepalNewsLine

Image 1

लण्डन - राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् । 

यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३०  सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ।

यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।

राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चबिशप सम्मानमा झुकेका थिए। आर्च शपले वेस्टमिंस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चार्ल्सप्रति वफादारीको शपथ लिन आग्रह गरे। शब्दहरू थिए, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु।’

रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ। तर, उनलाई सपथ लिन भने भनिएन । उनलाई रानी मेरीको ताज लगाइयो। राजा चार्ल्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal