(Sunday , 12 May,2024)

चार महिनादेखि सम्पर्कविहीन २ डाक्टरलाई हाजिर हुन निर्देशन

NepalNewsLine

NepalNewsLine

Image 1

१० असोज, काठमाडौँ - गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ । बुधवार गृहले सूचना प्रकाशित गरी डा। केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका डा. श्रेष्ठ र नेपाल प्रहरी अस्पताल महाराजगन्जका सर्जिकल शाखाका डा. ज्ञवालीलाई सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली स्पष्टीकरण सहित हाजिर हुन मन्त्रालयले सूचनामार्फत निर्देशन दिएको हो । 

 यसअघि खोजतलास गर्दा र प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम १ अनुसार सूचना टाँस गर्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरिएको छ ।

 कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal