(Monday , 13 May,2024)

 प्रधानाध्यापक साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा

NepalNewsLine

NepalNewsLine

Image 1

२६ भाद्र,काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई  नियन्त्रणमा लिएको छ । 

अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो । 

उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै  सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ । 

सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal