२१ भाद्र, काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।
यही भदौ १० गते सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी रहेको थियो ।
तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आज भदौ २१ गते बिहिबारका लागि अर्को पेसी तोकेको हो ।
बिहिबार न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको हो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भएपछि लामिछाने भदौ ११ गते एसिया क्रिकेट कप खेल्न पाकिस्तान गएका थिए ।
लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । यसअघि सो मुद्दा पटक– पेसीमा चढिसकेको छ ।
प्रतिक्रिया