(Tuesday , 14 May,2024)

विद्युत प्राधिकरणको बनस्थली कार्यालयमा आगलागी

NepalNewsLine

NepalNewsLine

Image 1

८ भदौ, काठमाडौं - नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।

कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ ।

काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal