(Monday , 13 May,2024)

साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो

NepalNewsLine

NepalNewsLine

Image 1

७ भदौ, काठमाडौं - नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन) मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ ।

यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीका अनुसार साउन महिनामा सामान्यतया विदेश जाने संख्या कम नै हुने गर्छ । त्यसमा पनि ५५ हजार नाघ्नु ठूलो संख्या नै मानिने उनी बताउँछन् ।

‘यसलाई कम भएको मान्न सकिन्न, किनकी यही औसतमा नेपाली विदेश जाँदा पनि वार्षिक ७ लाख संख्या नाघ्छ ।’

आर्थिक वर्ष २०७९र८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यो कीर्तिमानी संख्या हो । साउनमा मात्र ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तिगतमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ । जीटूजी सम्झौता अनुसार यस महिनामा २ हजार ३६० जना विदेश गएका छन् ।

यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १३५ जना महिला विदेशिएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal