(Sunday , 12 May,2024)

वरिष्ठ सईको हत्या आरोपित आमाछोरा पुर्पक्षका लागि जेल चलान

NepalNewsLine

NepalNewsLine

Image 1

७ भाद्र, पोखरा - प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्याको आरोपित आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको एक इजलासले बडिगाड गाउँपालिका-६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।

खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए ।

होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो ।

हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो ।

पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । 

अदालतको आदेशपछि दुवैजना बुधबार नै बागलुङ जिल्ला कारागार चलान भएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal