(Monday , 13 May,2024)

क्यानविरुद्ध अदालत गएका बालेनको रिट खारेज, ५० हजार जरिवाना तिराउने बाटो खुला

NepalNewsLine

NepalNewsLine

Image 1

६ भाद्र, काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रिट खारेज भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर बालेन शाहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यन्वयनको बाटो खुलाएको हो ।

त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए ।

क्यानले बालेनलाई ५० हजार जरिवानासहितको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेपछि उनी असार ७ गते अदालत गएका थिए । अदालतले तत्काल स्पष्टिकरण नसोध्न अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश धिरवहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेश अब रिट खारेजीसँगै खारेज भएको छ । अब बालेनलाई र काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बाटो क्यानलाई खुलेको छ ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal