(Sunday , 12 May,2024)

युसेफको सुधार गृहको ढोका फुटाएर डेढ सयभन्दा बढी बालबालिका फरार

NepalNewsLine

NepalNewsLine

Image 1

४ भाद्र, काठमाडौं - भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट एक सय ५० जनाभन्दा बढी बालबालिका भागेका छन् ।

विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (एसपी) वसन्त पाठकले जानकारी दिए ।

आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले  जानकारी दिए ।

उनका अनुसार त्यसबेला भित्र रहेका अधिकांश बालबालिकाले प्रदर्शनकारीलाई नै साथ दिएर हातमा लाठी लिएर प्रदर्शनमा सामेल भएका थिए ।

सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए ।

उनका अनुसार फरार रहेकामध्ये केहीलाई भने नियन्त्रणमा लिइएको छ । अहिले त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal