(Tuesday , 14 May,2024)

उपत्यकाका ६ जना एसएसपीहरूको सरुवा हुँदै

NepalNewsLine

NepalNewsLine

Image 1

२ भाद्र, काठमाडौं - नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव गरिएको छ । 

प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट निर्णय हुन भने बाँकी रहेको छ ।

स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीलाई महिला बालबालिका सेलमा पठाउने गरी प्रस्ताव गरिएको छ ।

यस्तै उनको ठाउँमा सोमेन्द्र सिंह राठौरलाई पठाउन भनिएको छ ।

यस्तै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीलाई आईजीपीको कार्यालयमा पठाएर त्यहाँ रहेका भूपेन्द्र खत्री काठमाडौंमा सरुवा प्रस्ताव गृहमा पुगेको स्रोतले जनाएको छ ।

त्यसैगरी ललितपुरमा सीआईबीका दिनेश आचार्यलाई पठाएर त्यहाँ रहेका सिद्धि विक्रम शाह सीआईबीमा ल्याउन भनिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal