(Monday , 13 May,2024)

पुष्पा टण्डन मृत्यु प्रकरणमा अनुसन्धानका लागि ४ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

३१ साउन, बुटवल - रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आएकी थिइन् ।

२७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।

उनका आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

पुष्पाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए, पुष्पाको मृत्युपछि घर आएका छन् ।

आफन्तहरुका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । सोही रकमका कारण घटना भएको हुन सक्ने उनीहरुको दाबी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal