(Monday , 13 May,2024)

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

NepalNewsLine

NepalNewsLine

Image 1

३०, साउन, काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

निगमले आज मध्यरातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गर्ने निर्णय गरेको जनाएको छ । 

आजै भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ वृद्धि भएर आएको थियो ।

पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्यप्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको हो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर काठमाडौंमा १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १६७ रुपैयाँ पर्ने भएको छ । 

सोहीअनुसार निगमले परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर नयाँ मूल्य कायम गरेको विज्ञप्तिमार्फत जनाएको छ।   

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal