(Monday , 13 May,2024)

अखिल क्रान्तिकारीको पवन कार्की समूहले सुनिल शर्माको कार्वाहिको माग गर्दै गर्यो माईतिघर मण्डलामा प्रदर्शन

NepalNewsLine

NepalNewsLine

Image 1

२९ साउन, काठमाडौँ - अखिल क्रान्तिकारीको पवन कार्की समूहले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै काठमाडौं माईघर मण्डलामा प्रदर्शन गरेका छन ।

मेडिकल प्रमाणपत्र नक्कलि भएको भन्दै छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट आफ्नै निवास बाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन् । 

थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए । अखिल क्रान्तिकारीमा असन्तुष्टहरुले पवन कार्कीको समूहमा रहेर विभिन्न गतिविधि गर्दै आएका छन् । 

यस्ता मेडिकल माफियाहरुको छानविन गरि कडा भन्दा कडा कार्वाहि गर्नुपर्ने उनिहरुको माग रहेको छ । यस अघि पनि शिक्षा ऐनको विषयमा माईतिघर मण्डलामा विभिन्न कार्यक्रम गरेको थियो ।

यो समूहले भ्रष्टाचारी जोगाउनका लागि नेकपा एमालेले बारम्बार संसद अवरुद्ध गरेको आरोप पनि लगाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal