(Monday , 13 May,2024)

हनी ट्रयाप मुद्दामा भावना तामाङ दोषी ठहर, फुर्वा मोक्तानले पाए विवाह बदर र वैवाहिक बलात्कारको मुद्दामा सफाइ

NepalNewsLine

NepalNewsLine

Image 1

१८ साउन, काठमाडौँ - ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङ दोषी ठहर भएकी छिन् । भक्तपुर जिल्ला अदालतले बुधबार भावनाले कसुर गरेको ठहर गरेको हो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावनालाई दोषी ठहर गर्ने फैसला गरेको हो । सोही इजलासले फुर्वा मोक्तानले हालेको विवाह बदर र भावना तामाङले हालेको वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ ।

विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

भक्तपुर जिल्ला अदालतले ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसपछि जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गरेकी थिइन् । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal