(Monday , 13 May,2024)

रिद्धिसिद्धि सिमेन्टले गर्यो मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएरु छात्रवृत्ति कार्यक्रम 

NepalNewsLine

NepalNewsLine

Image 1

११ साउन, काठमाडौ - रिद्धिसिद्धि सिमेन्टले मकवानपुरलाई लक्षित मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०   नामक छात्रवृत्ति कार्यक्रम ल्याएको छ। 

यस छात्रवृत्ति अन्तर्गत २०७९ सालको एसइईमा मकवानपुरबाट परीक्षामा सम्मिलित भई उत्तीर्ण विद्यार्थीलाई लक्षित उक्त कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ। 

एसइईको नतिजामा ३.६ जिपीएदेखि ४ जिपीए ल्याउने विद्यार्थी छात्रवृत्तिका लागि आवदेन दिन योग्य मानिने कम्पनीको भनाइ छ।

छात्रवृत्तिअन्तर्गत पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई कम्पनीले मासिक  ५ हजार, ३ हजार ५००, २ हजार ५०० रुपैयाँ र थप ८ विद्यार्थीलाई मासिक रूपमा १ हजार ५०० रुपैयाँ सान्त्वना पुरस्कार एक वर्षसम्म उपलब्ध गराउनेछ। 

आवेदकले साउन २१ गतेसम्म फारम बुझाउन सक्नेछन्। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal