(Monday , 13 May,2024)

अभिभावकसमेतको रोहबरमा क्यानडा जाने तयारीमा रहेका विद्यार्थीलाई  गोरेटो ले गर्यो अन्तरक्रिया कार्यक्रम

NepalNewsLine

NepalNewsLine

Image 1

७ साउन, काठमाडौं - उच्च शिक्षाका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीमाझ अन्तरक्रिया गरिएको छ ।

गोरेटो कन्सल्टेन्सिले आयोजना गरेको कार्यक्रममा ३ सयभन्दा बढी विद्यार्थी र उनीहरूका अभिभावक सहभागी थिए ।

क्यानडा जानुअघि र गइसकेपछिका विभिन्न प्रक्रिया, किनमेललगायतका विषयमा सहभागीलाई जानकारी गराइएको छ ।

सिनियर काउन्सलर तथा गोरेटोका सीईओ धिरज कँडेलले क्यानडा जानुपूर्व अपनाउनुपर्ने सावधानी, क्यानडामा काम खोज्ने तरिकालगायतका विषयमा जानकारी गराए ।

सिनियर काउन्सलर तथा एसओपी समिक्षक शतिस भट्टले घर तथा देश छाडेर एक्कासी विदेशी भूमिमा जाँदा विद्यार्थी उदासीनसमेत बन्ने गरेको भन्दै मनोबल वृद्धिका टीप्स पस्किएका थिए ।

गोरेटोका संचालकमध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायबारे प्रष्ट्याए ।

प्रकाश रेग्मीले नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाबारे जानकारी गराए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal