(Tuesday , 14 May,2024)

लम्पी स्किन नियन्त्रणमा काम गर्न भारत सकारात्मक

NepalNewsLine

NepalNewsLine

Image 1

६ साउन, काठमाडौं - नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो ।

मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै,खोरेत रोग उन्मूलनका लागि पनि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री भुसालले जानकारी दिनुभयो । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ ।

भारतले गाई र च्याङ्ग्राको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात,निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन् ।

तीन दिने भारत भ्रमण गर्नुभएका मन्त्री भुसालले भारतका कृषि, पशुपक्षी र रसायन एवं उर्वरक मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal