(Tuesday , 14 May,2024)

देशभरिकै उत्कृष्ट कलेज मध्ये पाँच औँ स्थानमा पर्न सफल पिनाकल एकेडेमीले पायो ‘बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड, प्रिन्सिपल डा. ऋषि तिवारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित । 

NepalNewsLine

NepalNewsLine

Image 1

४ साउन, ललितपुर - काठमाडौं उपत्यकाको मुटु ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेज विगत दुई वर्षदेखि मुलुककै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कलेज बनेको छ । यस वर्ष देशभरिकै उत्कृष्ट कलेज मध्ये पाँच औँ स्थानमा पर्न सफल भएको छ ।  

पिनाकल कलेजले विगत २५ वर्षदेखि विद्यार्थीहरुलाई आधुनिक प्रविधिसहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नतामा सञ्चालित पिनाकल एकेडेमी नतिजा र शैक्षिक उपलब्धिका दृष्टिले सर्वोत्कृष्ट कलेजका रूपमा स्थापित छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल पिनाकल एकेडेमीले ‘बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

यसै बिच निरन्तर उत्कृष्टता हासिल गर्ने शिक्षण संस्था पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषि तिवारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’बाट सम्मानित पनि भएका छन् । 

उनले नेतृत्व गरेको शैक्षिक संस्थाबाट उतिर्ण भएका विद्यार्थीले हरेक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै नेपालको नाम विश्वसामु चिनाएका छन् । शिक्षालाई ज्ञान र सिपसँग जोडे मात्रै व्यवहारिक बनाउन सकिन्छ भन्ने सिद्धान्त स्थापित गराउन पनि उनी सफल छन् । 

पिनाकलमा हाल प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुदै आएको छ । आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाइरहेको पिनाकलले हरेक वर्ष  ‘प्लस टु’ मा उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाउँदै आएको छ । प्रतिस्पर्धात्मक  ‘जब मार्केट’ मा आफ्नो स्थान सुरक्षित गर्न सफल हुदै आएको छ । सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिँदै आएको छ ।

तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्बाट लिइने राष्ट्रिय स्तरको परीक्षामा तीन पटक नेपाल टप र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को स्थापना भइसकेपछि पनि २०७६ सालमा समेत नेपालको टपर उत्पादन गर्न सफल भएको छ पिनाकल एकेडेमी । यसले गत वर्षको कक्षा १२ को साइन्स फ्याकल्टीमा शतप्रतिशत नतिजा ल्याएको छ । 

पिनाकल एकेडेमीबाट प्लस टु गरेका अधिकांश विद्यार्थी उत्कृष्टको पर्याय बनेका छन् । यहाँ अध्ययन गरेका विद्यार्थी साइन्टिष्ट, डाक्टर, इञ्जिनियर बैंकर, राजनीतिक नेतृत्व आदिमा छन् । 

पिनाकलका विद्यार्थीहरु यतिबेला अमेरिकाको नासा र गुगल कम्पनीमा कम्प्युटर इञ्जिनियरदेखि जापानमा हाइड्रो इञ्जिनियर र नेपालमै उत्कृष्ट र अब्बल डाक्टर तथा पाइलटका रुपमा स्थापित छन् । 

त्यस्तै, सीपमूलक शिक्षा दिने उद्देश्यले डिप्लोमा इन फार्मेसी सिटीईभीटीबाट सम्बन्धन प्राप्त एवम् अन्य सीपमूलक कोर्षहरु समेत सञ्चालनमा ल्याएको छ । विज्ञान र व्यवस्थापन संकायबाट प्लस टु को अध्यापन सुरु गरेको पिनाकलले अहिले मानविकी र कानुन संकायमा समेत अध्यापन गराउँदै आएको छ ।

हरेक संकायमा सर्वोत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल पिनाकल समयसान्दर्भिक अध्ययन अध्यापन हुने अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal