(Monday , 13 May,2024)

छोरी संस्थाको १० औँ वार्षिक उत्सव पुस्तक विमोचनका साथ सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

२९ असार, ललितपुर - छोरी सँस्थाको १० औँ वार्षिक उत्सव "दोहारी देखि वेकरीसम्म " पुस्तक विमोचनका साथ ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम ललितपुर जिल्ला समन्वय समितिको सभा हलमा गरिएको थियो ।

कार्यक्रमको विशेष अतिथिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, अतिथिमा ललितपुर माहानगरपालिकाका उपमेयर मन्जिला शाक्य रहनुभएको थियो । साथै अन्य संघ सस्थाका व्यक्तिहरु, ललितपुर जिल्लाका अन्य वडाका वडा अध्यक्ष, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा छोरी सँस्थाका सँस्थापक तथा कार्यकारी निर्देशक हिरा दाहालले छोरी सँस्थाले गरेका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित विशेष अतिथि, अतिथि, अध्यक्ष लगनएत "दोहारी देखि वेकरीसम्म " पुस्तकमा आबद्द छोरीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

छोरी सँस्थाले हरेक वर्षको वार्षिक उत्सवमा छोरी सँस्थामा कार्यरत एक उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने गर्दछ । यस वर्ष पनि उक्त सँस्थामा कार्यरत कोमल लाई उत्कृष्ट कर्मचारीमा सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित  विशेष अतिथि, अतिथि, अध्यक्ष लगाएतले १० औँ वर्षको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उक्त सँस्थामा आबद्ध छोरीहरु र उक्त सँस्थामा कार्यरत कर्मचा।ीहरुले पनि आफु कसरि छोरी सँस्थामा आबद्ध भए भन्ने आफ्नो जर्नि पनि प्रस्तुत गर्नुभएको थियो । र उक्त सँस्थामा रहेका छोरीहरुो पनि कविता वाचन गरेर आ-आफनो कला प्रस्थतुत गर्नुभइको थियो। 

छोरी सँस्थाले विगत १० वर्ष देखि आफ्ना अभिभावक नभएका छोरीहरुलाई समेटेर उनिहरुको अभिभावक भएर उनिहरुलाई पढाउने, काउनसेलिङ गर्ने, उत्पादनमुलक सिपहरु सिकाउने, रोजगार दिने र एउटा अर्को अभिभावक जन्माउने काम गर्दै आएको छ । यस सँस्थाले मनोरन्जनसँग जोडिएका क्षेत्रमा का गर्ने महिलाहरुको अवस्था र स्थितिको बारेमा रिसर्च पनि गरेको छ । 

अझै यस्ता थप कार्यक्रहरु आगामी दिनहरुमा गर्ने छोरी सँस्थाका सँस्थापक तथा कार्यकारी निर्देशक हिरा दाहालले बताउनुभएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal