(Tuesday , 14 May,2024)

गृहमन्त्री श्रेष्ठको निर्देशनमा आफ्ना गुनासो सुनाउन सकिने १११३ टोल फ्रि सेवा उपलब्ध

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, काठमाडौँ - नेपाल प्रहरी हामी सबैको साथि भन्ने नारा नै छ । नेपाल प्रहरी लाई हामी आम जनताले साथि को रुपमा लिने गर्दछौँ । नेपाल प्रहरी भन्ने बितिकै हामी सुरक्षाको अनुभुति गर्ने गर्द छौँ  । 

तर हामीले केहि घटनाहरु पनि सुन्ने गरेका छौँ नेपाल प्रहरीको ज्याजतिको बारेमा । सोझालाई फसाउने, लुट्ने, धम्क्याउने, आदि ईत्यादि । कति त नेपाल प्रहरी बाट नै बलात्कृत भएको घटना पनि सुनेका छौँ । 

त्यसकारण सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट आम जनताको सुरक्षा हेतु सत्य सेवा सुरक्षणम भन्ने भावना सहित

जनताको सुरक्षमा खटिएका सुरक्षकर्मी (प्रहरी) ले जो कोहिमाथि विभिन्न कारणबस ज्याजति गरेमा गृहमन्त्री

नारायणकाजी श्रेष्ठको निर्देशनमा जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने गरि १११३ मा निशुल्क फोन उपलब्ध गराईएको छ । 

यो नम्बरमा फोन गर्दा कुनै पैसा लाग्दैन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal