(Monday , 13 May,2024)

२४ घण्टाभित्र अदालतमा सचिव राउतलाई उपस्थित गराउन सर्वोच्चको आदेश

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, काठमाडौं - सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका

सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो ।

ललितानिवास जग्गा प्रकरणमा २४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई पक्राउ गरेपछि

उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal