(Monday , 13 May,2024)

नारायणहिटी संग्रहालयमा रहेको निजी बगैंचा,स्वर्गिय राजारानीले प्रयोग गर्ने  निजी विमानहरु सर्वसाधारणलाई अवलोकनका लागि खुला

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, काठमाडौं - नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु आजबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

नारायणहिटी संग्रहालयले एक कार्यक्रमको आयोजना गरी बगैंचा, राजारानीको निजी हेलिकोप्टर र विमानहरु सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले बगैचा र निजी हेलिकोप्टर तथा विमानको उद्घाटन गर्दै संग्रहालयमा नयाँ आयाम थपेको र निकट भविष्यमा पनि थप स्थलहरु अवलोकनका लागि राख्ने जानकारी दिनुभयो ।

नारायणहिटी संग्रहालयका प्रमुख सुरेश  श्रेष्ठले संग्रहालयमा रहेका इतिहास झल्कने स्थलहरुका बारेका सर्वसाधारणको जिज्ञासा मेट्ने प्रेरणा मिलेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाका हवाई सेवा विभाग प्रमुख पाइलट आशिष नरसिंह राणाले नारायणहिटी संग्रहायलाई हेलिकप्टर, बिमान र केही हतियारहरु हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

नेपाली सेनाले यसअघि राजारानीले प्रयोग गर्ने गरेका बिमान र हेलिकोप्टर संग्रहालय परिसरमा राखेपनि हस्तान्तरण भने गरेको थिएन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal