(Monday , 13 May,2024)

निजी कलेजहरुलाई  कक्षा ११ मा दिने छात्रवृत्तिको बिवरण बुझाउन काठमाडौं महानगरको निर्देश

NepalNewsLine

NepalNewsLine

Image 1

२२ असार, काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी कलेजहरुलाई कक्षा ११ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको बिवरण बुझाउन निर्देशन दिएको छ ।

एसईईको नतिजा सार्वजनिक भएलगत्तै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन र त्यसको बिवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या यही असार मसान्तभित्र पठाउन निर्देशन दिइएको हो ।

यस्तै, महानगरपालिकाले कक्षा ११ को भर्नाका लागि कम्तीमा १५ दिनको आवेदन समय दिन पनि निर्देशन दिएको छ ।

कतिपय कलेजहरुले छोटो समय राखेर विद्यार्थी भर्नाको आवेदन खुलाउने गरेको र दूर दराजका विद्यार्थीहरु भर्ना हुने अवसरबाट बञ्चित हुने गरेको भन्दै महानगरपालिकाले आवदेनको समय कम्तिमा १५ दिन राख्न भनेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal