(Tuesday , 14 May,2024)

 सिन्धुलीका क्रसर सञ्चालकले मानेनन् सरकारको निर्देशन

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असार, सिन्धुली - सरकारले असारदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपनि सिन्धुलीमा भने नदीजन्य पदार्थको अवैध उत्खन्न र क्रसर संचालन रोकिएको छैन् ।

चुरेभावर क्षेत्रको सिन्धुली, महोत्तरी र सर्लाहीको सिमा क्षेत्रमा सरकारी मापदण्ड विपरित अबैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगका कारण नदीजन्य पदार्थ चोरी निकासी हुदै आएको छ । अत्यन्त कमजोर पहाड चुरे भावर आसपासमा नदीजन्य पदार्थ गिट्टी वालुवा रोडा र ढुंगाहरुको अवैध उत्खनन् र चोरी निकासी नरोकीदा तराई र मध्य तराईका मानव बस्तीहरु जोखिममा पर्दै जान थालेका छन् ।

नदीजन्य सामग्री अबैध रुपमा उत्खनन् गर्दा वर्षायाममा नदीमा बाढीको प्रकोप बढ्ने, पहिरो र खहरे बगेर आउने गरेकाले चुरे भावर क्षेत्रको पुर्वपश्चिम राजमार्ग र मध्य तराईको मदन भण्डारी राजमार्ग समेत जोखिममा पर्दै आएको छ ।

सिन्धुलीको सुनकोशी, कमलाखोच र मरिण क्षेत्रमा विभिन्न वहानामा मापदण्ड विपरित अबैध रुपमा सञ्चालन भइरहेको अवैध क्रसर उद्योगका कारण विपी राजमार्ग लगायत अन्य सडकका पक्की पुलहरु जोखिममा पर्दै आएका छन् ।

केही स्थानीय तहहरुले संचालनको अनुमति दिएका क्रसर उद्योगहरुले वातावरणीय क्षेत्रमा गम्भिर असर पर्दा मानव स्वास्थ्यमा समेत समस्या आएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal