(Monday , 13 May,2024)

राष्टिय युवा परिषद द्वारा आयोजित ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

 २ असार, ललितपुर - नेपाल सरकार युवा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद सानोठिमी भक्तपुर द्वारा आयोजित स्वयम सेवक विकास र परिचालन कार्यक्रम, वातावरण र सँस्कृति सरक्षण सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष रविन्द्र मर्हजनको आतिथ्यमा सम्पन्न भएको हो । 

उक्त कार्यक्रमा खोकनाका ४४ जना युवाहरुको सहभागिता रहेको थियो । युवाहरुमा स्वयमसेवक भावना विकास गर्न हरेक युवाहरु स्वयमसेवक कार्यमा एकरुपभै अगाडि बढ्र्न प्रेरणाको लागि सो कार्यक्रमको आयोजना गरिएको हो ।

स्वयमसेवक कार्यमा युवाहरु आफै अग्रसर भएर लाग्नुपर्ने र त्यसको पछि साथ र सहयोग रहने वडा अध्यक्ष रविन्द्र महर्जनले बताउनुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal