(Sunday , 12 May,2024)

ललितपुर महानगरले शुरु गर्यो ३० ठाउँमा निस्शुल्क पार्किङ

NepalNewsLine

NepalNewsLine

Image 1

२७ जेठ, ललितपुर - ललितपुर महानगरपालिकाले जिल्लाका विभिन्न ३० ठाउँमा निःशुल्क पार्किङ सुरु गरेको छ । महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडक खण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । 

ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुनधारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्तकुना खरिबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि निस्शुल्क पार्किङको व्यवस्था छ ।

यसैगरी, महालक्ष्मीस्थान अगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा निस्शुल्क राख्न सकिन्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal