(Monday , 13 May,2024)

ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावरमा विभागको छापा

NepalNewsLine

NepalNewsLine

Image 1

२४ जेठ, ललितपुर - ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरू सयौँ युवालाई भेला गरेर अवैध रुपमा अन्तरवार्ता लिइरहेको उजुरीका आधारमा विभागको टोलीले बुधबार छापा मारेको हो । 

बखुन्डोलस्थित मेनपावरको कार्यालयमा कतार र मलेसिया लैजाने भन्दै धमाधम अन्तरवार्ता भइरहेको थियो । तर, उनीहरुले एक कम्पनी भनेर अर्को अर्को कम्पनीका लागि अन्तरवार्ता लिएको तथा फ्री भिसा फ्री टिकट हुनुपर्नेमा लाखौँ रुपैयाँ असुल्ने योजना बनाएको विभागको भनाइ छ । 

विभागले प्रक्रिया पुरा गरेर छापा मार्दै मेनपावरका केही कागजात नियन्त्रणमा लिएको छ । विभागको टोली मेनपावरमा पुगेपछि अवैध कार्य गर्नेहरुको भागाभाग भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal